रास्वपा सांसदको विवादित अभिव्यक्तिपछि गोलबजारमा तनाब, प्रहरीद्वारा सांसदको उद्धार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – रास्वपा सांसद् तपेश्वर यादवको विवादित अभिव्यक्तिका कारण सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट मारिएका युवाको श्रद्धाञ्जली सभाको अवस्था तनावपूर्ण बनेको छ ।

बिहीबार आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा सांसद् यादवले सुनसरीको देवानगञ्ज, सुनसरीसहित मधेसका जिल्लाहरुमा घटना घट्नुमा पुराना दल जिम्मेवार रहेको अभिव्यक्ति दिएका थिए ।

- Advertisement -
Ad image

लगत्तै कार्यक्रममा सहभागी अन्य दलका कार्यकर्ता र समर्थकले विरोध जनाए । अवस्था असामान्य बन्दै गएपछि सांसद् यादवलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो । यादव गत निर्वाचनमा सिरहा–४ बाट निर्वाचित भएका थिए ।

यादवले सुनसरी र सिरहालगायतमा भएका घटनाको सरकारले छानबिन गरिरहेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकार र प्रहरी अधिकृतहरुको भूमिका शंकास्पद रहेको आरोप लगाए । गोलबजारमा हिन्दू र मुस्लिम समुदायले संयुक्त रुपमा श्रद्धाञ्जली सभा आयोजना गरेका थिए ।

१० साउनमा झण्ड राखिएको र ठूलो आवाजसहित डिजे (संगीत) बजाइएको विषयमा सुरु भएको विवाद उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

देवानगञ्ज घटनामा घटनास्थलमै एक र उपचारका क्रममा दुई युवाको मृत्यु भएको छ । देवानगञ्जमा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भयो ।

घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा १४ साउनमा प्रहरीको गोली लागी स्थानीय गणेश यादवको मृत्यु भएको थियो ।

सामाजिक सदभाव कायम गरी बन्द बजार खुलाउन उद्योग व्यापार संघ गोलबजारले हिन्दू र मुस्लिम समुदायको उपस्थितिमा संयुक्त श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्