सेनासँग लफडा गर्ने रास्वपा सांसद सांसद पाण्डेलाई प्रधानमन्त्रीको सचिवालयले गरायो ‘सचेत’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको हप्कीदप्कीको विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहको सचिवालयले उनलाई सचेत गराएको छ।

मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर सचिवालयका सदस्यहरूले उनलाई यस्तो व्यवहार पुनः नदोहोर्याउन ध्यानाकर्षण गराएका हुन्।

- Advertisement -
Ad image

गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो फराकिलो बनाउने क्रममा पाण्डेको अगुवाइमा डोजर चलाइएपछि नेपाली सेनाले रोक्न खोजेको थियो। लामो समयदेखि स्थानीयले बाटो विस्तारको माग गर्दै आए पनि ट्रस्टको जग्गा भएकाले काम रोकिएको थियो। सोमबार डोजरसहित पुगेका सांसद पाण्डेले सेनाका अधिकारीसँग कडा र थर्काउने शैलीमा सवालजवाफ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले समेत यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका थिए। ूहिजो सेनाप्रति गरिएको व्यवहार गलत थियो, प्रधानमन्त्रीज्यूले यसलाई रुचाउनुभएको छैनू भन्दै सचिवालयले पाण्डेलाई तुरुन्तै सार्वजनिक रूपमा गल्ती स्वीकार्न निर्देशन दिएको थियो।

सचिवालयको सोही निर्देशन र चेतावनीपछि सांसद पाण्डेले दिउँसो विज्ञप्ति जारी गर्दै आत्मआलोचनासहित स्पष्टीकरण दिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्