सात साना राजनीतिक दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – देशका सातवटा साना राजनीतिक दलहरूले आपसी सहकार्यलाई सुदृढ गर्दै संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय गरेका छन्। सोमबार विभिन्न दलका शीर्ष नेताहरूबीच भएको चरणबद्ध छलफलपछि आगामी साउन २३ गते औपचारिक रूपमा मोर्चा घोषणा गर्ने तयारी तीव्र पारिएको हो।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको जानकारीअनुसार आगामी साउन २३ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा एक विशेष कार्यक्रमबीच मोर्चाको औपचारिक घोषणा हुनेछ।

- Advertisement -
Ad image

नयाँ बन्न लागेको यस अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल आबद्ध हुने भएका छन्।

मोर्चा गठन र यसको रणनीतिक स्वरूपबारे छलफल गर्न सोमबार ललितपुरमा शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनललगायतका नेताहरूको सहभागिता रहेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्