पाकिस्तानको ब्रड पिकमा शक्तिशाली हिमपहिरो: कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको आशङ्का गरिएको बिबीसीले जनाएको छ ।

पाकिस्तानको कराकोरम पर्वतशृङ्खलामा रहेको आठहजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको र त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

- Advertisement -
Ad image

आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच जना नेपाली नागरिक रहेको बताइएको छ ।

अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठहजार  मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए ।

मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको सामाचारमा बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्