सिरहामा ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार, नारद परियार घाइते !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

सिरहा – तराई-मधेशका जिल्लाहरूमा सुरक्षा तनाव बढिरहेका बेला सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। बिहीबार राति भएको यस घटनामा परी ड्युटीमा खटिएका हवल्दार परियार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार नियमित ड्युटीकै क्रममा रहेका हवल्दार परियारको दाहिने तिघ्रामा गोली लागेको छ। घटना लगतै सुरक्षाकर्मीको विशेष टोलीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि स्थानीय अस्पताल पुर्‍याएको छ। उनको स्वास्थ्य अवस्था र उपचारको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad imageAd image

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको लहान र गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी भई प्रदर्शन र झडप भइरहेकै समयमा सुरक्षाकर्मी लक्षित यो घटना भएको हो। प्रहरीमाथि गोली कसले र किन चलायो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आक्रमणकारी समूहको तीव्र खोजी र घटनाको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्