राष्ट्रपति भेट्न प्रधानमन्त्री बालेन शीतल निवासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बनेको चार महिनापछि बालेन शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । सुनसरी घटनाका कारण तराई मधेशमा अशान्ति बढेपछि बिहीबार राष्ट्रका नाममा समेत सम्बोधन गरेका शाह राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्न गएका हुन् । तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।

आज मात्रै राष्ट्रपति पौडेलले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए । प्रधानमन्त्री भएपछि उनी अहिले सम्म राष्ट्रपतिलाई शिष्टाचार भेट गर्न गएका थिएनन् । राष्ट्रपतिलाई समेत नभेटेकोमा उनको निकै आलोचना भइरहेको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्