भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०८३, शनिबार
2 Min Read
Aa

एजेन्सी – परीक्षामा अनियमितता र प्रश्नपत्र चुहावटको विषयमा दिल्लीमा १ महिना लामो विद्यार्थी आन्दोलनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । मन्त्री प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामापत्र बुझाएका हुन् ।

प्रधानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राजीनामाको जानकारी दिएका छन् । उनले कक्रोच जनता पार्टी र केन्द्र सरकारबिच तेस्रो चरणको वार्ता हुनुभन्दा केही घण्टा अघि राजीनामा सार्वजनिक गरेका हुन् । दिल्लीको जन्तरमन्तरमा १ महिनाभन्दा बढी समयदेखि आन्दोलनरत प्रदर्शनकारीहरूको मुख्य माग प्रधानको राजीनामा थियो ।

- Advertisement -
Ad imageAd image

प्रधानको राजीनामासँगै सरकारले प्रदर्शनकारीहरूले राखेका सबै मागहरू पूरा गरेको छ । प्रदर्शनकारीले धर्मेन्द्र प्रधानको राजीनामा, विद्यार्थी प्रदर्शनकारीहरूविरुद्ध कुनै कानूनी कारबाही नगर्ने, प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग राखेका थिए ।

मन्त्री प्रधानले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘म यस देशका युवाहरूको आकांक्षा, भावना र उचित अपेक्षाहरूको गहिरो सम्मान गर्दछु । भारतको युवा पुस्ताका सपनाहरू साकार पार्नु हाम्रो राजनीतिक र सामाजिक जीवनको नैतिक संकल्प हो । प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा म उहाँप्रति कृतज्ञता व्यक्त गर्दछु ।’

उनले भने, ‘यो मेरो संकल्प हो कि हामी देशको युवा शक्तिलाई भ्रमको जालमा फस्न दिने छैनौं । जन्तरमन्तर र देशभर उत्पन्न भएको परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, राष्ट्रको एकता अक्षुण्ण रहोस्, भारतका १ जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस् र हाम्रा बालबालिकाहरूले आफ्नो समय पढाइमा लगाएर आफ्नो करियर बनाउनमा ध्यान केन्द्रित गरून् भन्ने कुरालाई ध्यानमा राख्दै मैले प्रधानमन्त्रीज्यूलाई आफ्नो राजीनामा बुझाएको छु ।’

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेले जन्तरमन्तरको मञ्चबाट प्रधानको राजीनामाको खबर घोषणा गर्दै भने, ‘हामीले गर्‍यौँ । उनीहरू भन्थे कि यस सरकारमा कसैले राजीनामा दिँदैन । तर हामीले गर्‍यौँ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्