सीजेपी-सरकारबीचको दुई घण्टे वार्ता निष्कर्षविहीन, भोलि फेरि बस्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८३, शुक्रबार
2 Min Read
Aa
Supporters of the Cockroach Janta Party scuffle with police as they attempt to march toward India's Parliament, demanding the resignation of the education minister, in New Delhi, Monday, July 20, 2026. (AP Photo/Vipin)

एजेन्सी – युवा नेतृत्वको ‘कक्रोज जनता पार्टी’ को आन्दोलनका नेताहरूसँग भारतीय सरकारले शुक्रबार गरेको वार्तामा कुनै प्रगति हुन सकेन । आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले ककरोच जनता पार्टी (सिजेपी) का नेताहरूसँग दुई घण्टा वार्ता गरेका थिए । आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समेत छ।

- Advertisement -
Ad imageAd image

दुवै पक्षले वार्ता शनिबार पुनः हुने बताएका छन् । ‘हामीले स्पष्ट रूपमा भन्यौँ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा वा सङ्घीय मन्त्रिपरिषद्बाट उहाँको बर्खास्तीबाहेक अरू कुनै विकल्प स्वीकार्य छैन,’ नयाँ दिल्लीमा बैठकपछि सिजेपीका प्रवक्ता आशुतोष रन्काले पत्रकारसँग बताए ।

सोमबार पनि प्रदर्शनकारीहरूसँग भेटेका मन्त्री नड्डाले सरकारले ‘उनीहरूका कुराहरू सुनेको’ र आगामी वार्तामा जवाफ दिने बताए ।

नयाँ दिल्लीको प्रदर्शन स्थल जन्तर मन्तरमा यो हप्ता अशान्ति र हिंसा बढेको थियो। प्रदर्शनकारीहरूले संसदतर्फ मार्च गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो ।

चिकित्सा प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको, लाखौं विद्यार्थीलाई पुनः परीक्षा दिन बाध्य पार्ने घटना र उच्च विद्यालयका विद्यार्थीहरूको अनलाइन मूल्याङ्कन प्रणालीमा भएको त्रुटिले जनतामा व्यापक आक्रोश बढाएको छ ।

यो आन्दोलन अब बेरोजगारी, युवाहरूका लागि अवसर र आलोचकहरूले मोदीको बढ्दो निरंकुश शैली भनेका विषयमा पनि केन्द्रित भएको छ । यो सन् २०२४ मा पुनः निर्वाचित मोदी सरकारका लागि ठूलो चुनौतीमध्ये एक बनेको छ ।

मोदीले अहिलेसम्म परीक्षा प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी सुधार र छिटो सजायको प्रतिबद्धता जनाएका छन् ।

प्रदर्शनकारीहरूलाई समर्थन दिइरहेका विपक्षी दलहरूले शुक्रबार संसदको तल्लो सदनमा अवरोध गरेका छन् । उनीहरूले प्रधानले राजीनामा नदिँदासम्म कुनै छलफल हुन नदिने बताएका छन् ।

भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका राहुल गान्धीले सोमबार प्रहरीले केही प्रदर्शनकारीमाथि ‘पेलेट गन’ प्रयोग गरेको आरोप लगाए । उनले घाइते प्रदर्शनकारीलाई शुक्रबार अस्पतालमा भेटेर आएका थिए ।

प्रधानमन्त्री मोदीले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै परीक्षामा प्रश्नपत्र बाहिरिएको बिषयमा संलग्न व्यक्तिविरुद्ध अदालती प्रक्रिया छिटो बनाउने उपायबारे मन्त्रिपरिषद्ले छलफल गर्ने बताएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्