व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – उच्च अदालत पाटनले शंकर ग्रूपका अध्यक्ष शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अग्रवाललाई बुधबार पक्राउ परेर अदालतमा पेश गरेको थियो ।

- Advertisement -
Ad imageAd image

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्ट समेत ४ जनाविरुद्धको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा उनी फरार रहेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्