मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ श्रावण २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार,सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उच्चस्तरीय छलफल भएको हो ।

छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने,स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ।

- Advertisement -
Ad image

छलफलमा मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन् । सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए ।

छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ।

छलफलमा मन्त्रालयका उच्च अधिकारी,आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग,सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक सङ्घ र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरू सहभागी थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्