मनसुन थप सक्रिय: देशभर ‘अति भारी’ वर्षाको चेतावनी, सतर्क रहन आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – देशभर मनसुनको प्रभाव थप बलियो बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास सरेकाले देशभर मौसममा पूर्ण बदली आएको छ ।

हाल कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो र राति हिमाली, पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । उच्च हिमाली भू-भागमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -
Ad image

विशेषगरी कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘भारीदेखि अति भारी’ वर्षाको सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकस्मिक बाढी, पहिरो, डुबान र कटानको जोखिम बढेकाले नदी तटीय र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्