काठमाडौं – प्रतिनिधिसभा बैठक आगामी साउन १४ गते बस्ने गरी स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेको भोलिपल्ट सभामुखले प्रतिनिधिसभा बैठक लामो समयका लागि स्थगित गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । उक्त बैठकमा साउन १४ गते अर्को बैठक डाक्ने सहमति भएको थियो ।
हिजो मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने अकस्मात उपस्थित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्