डेढ महिनापछि प्रतिनिधि सभाको बैठकमा उपस्थित भए प्रधानमन्त्री बालेन शाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह डेढ महिनापछि मङ्गलवार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

प्रधानमन्त्री शाह गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए । त्यतिबेला सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइपछि विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका छन् । बालेन सो अभिव्यक्तिपछि चौतर्फी आलोचनाको सिकार बनेका थिए ।

- Advertisement -
Ad imageAd image

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गरेको भन्दै संसद्मै आएर स्पष्टीकरण दिन र आवश्यक परे भनाइ सच्याउन माग गर्दै आएका छन् । पछिल्लो समय सुकुम्वासी व्यवस्थापनलाई लिएर पनि बालेनको व्यापक आलोचना भइरहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्