बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ असार २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

- Advertisement -
Ad image

उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्