काठमाडौँ – म्यानपावरबाट नै दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामा रोजगारीको अवसर पर्खिरहेका नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन र सोही वर्षको जेठ १९ गतेको पत्रको सन्दर्भमा यो निर्णय लिइएको हो । कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट रिटमा जारी भएका आदेशलाई मुख्य आधार मान्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।
मन्त्रालयले मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयका आधारमा यो पत्राचार गरेको हो ।
मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक प्रबन्ध मिलाउन तथा व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ । सियोलस्थित नेपाली राजदूतावासलाई समेत बोधार्थ दिइएको छ । लामो समयदेखि कानुनी र प्रक्रियागत अस्पष्टताका कारण रोकिएका सीपयुक्त श्रमिकका लागि मन्त्रालयको यो निर्णयले रोजगारीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्