सरकारको सय दिनबारे रवि- सुशासनको सवालमा सरकार सफल भएको छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ असार २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको १०० दिन सुशासनमा सफल भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग रविले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकारको १०० दिन सफल भएको बताएका हुन्।

तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँने बताउँदै उनले तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको बताए ।

- Advertisement -
Ad imageAd image

‘सरकारले नागरिकसँग सम्बन्धित विषयमा जोड लगायो । सय दिनमा सरकारले सुशासनमा अझै बढी समय लगाएको छ । सुशासनको मुद्दामा सरकारको बढी ध्यान गएको छ । तुलनात्मक रूपमा विकास निर्माणमा आज गरिएका कामहरू अलि पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा हामीले तीन वर्षको प्याकेज बनाएर काम गरेका छौँ । जसको नतिजा तीन वर्ष अगाडि अपेक्षा गर्न अलि गाह्रो हुनसक्छ’, उनले भने

उनले थपे ‘यद्यपि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको छ । सुशासन अहिलेको सरकारको प्राथमिकता भएको र नागरिकलाई सेवा दिने विषयमा तीनलाई डिजिटल, होम डेलिभरी, कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ । राम्रो विगिनिङ भएको मलाई लाग्छ । नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्