केनको निर्णायक गोलमा इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश गर्दा पुनरागमन जितसँगै बेल्जियमको उपाधि होड कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – डीआर कंगोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । डीआर कंगोलाई २-१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम १६ को भिडन्त सुनिश्चित गरेको हो ।

खेलको पहिलो हाफमा डीआर कंगोले इंग्ल्याण्डलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको ७ औँ मिनेटमा डीआर कंगोका ब्रायन सिपेंगाले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

- Advertisement -
Ad image

दोस्रो हाफको ७५ औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै नतिजा बराबरी गरे । खेलको ८६ औँ मिनेटमा गोल थप्दै उनले नतिजा २-१ मा पुर्‍याए । थपिएको ६ मिनेटमा कुनै टोलीबाट गोल हुन नसकेपछि इंग्ल्याण्ड विजयी भएको हो । अन्तिम १६ मा इंग्ल्याण्डले मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

विश्वकप अन्तर्गत केहीबेरअघि सम्पन्न दोस्रो खेलमा सेनेगलविरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरामगन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माएला सारले गोल गर्दै नतिजा २-० मा पुर्‍याए ।

बेल्जियमका रुमेलो लुकाकुले खेलको ८५ औँ मिनेटमा गोल फर्काएका थिए । ८६ औँ मिनेटमा यौरी टिएलम्यानले गोल गर्दै नतिजा २-२ को बराबरीमा पुग्यो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १२५ ‍औँ मिनेटमा सेनेगलका लेमिन केमेराले डिबक्स एरियामा फाउल गरे ।

भीएआर परीक्षणपछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिए । यौरी टिएलम्यानले उक्त मौका सदुपयोग गर्दै गोल गरेपछि बेल्जियम सेनेगलविरुद्ध ३-२ ले विजयी हुनपुग्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्