सडनडेथमा ४-३ ले जर्मनीलाई पराजित गर्दै पारग्वे अन्तिम १६ मा प्रवेश, पाराग्वेका जोसे क्यानालेको निर्णायक गोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ असार २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – चार पटकको विजेता जर्मनीलाई पेनाल्टीसुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाारग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो ।

- Advertisement -
Ad imageAd image

पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक् समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।

पाराग्वेल अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टीसुटआउटमा गोल गरे ।

जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे । काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलल बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो ।

सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई पेनाल्टी बचाउाँदा ३-३ को बराबरी भएको थियो । त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे ।

त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्