दक्षिण अफ्रिकालाई एक शुन्यले पराजित गर्दै क्यानडा अन्तिम १६ मा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा अन्तिम–१६ अर्थात प्रिक्वार्टरफाइनल मा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई पहिलोपटक प्रिक्वार्टरफाइलनमा पुर्‍याएका हुन् ।

- Advertisement -
Ad imageAd image

खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए ।

तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानडासँग पराजित भएसँगै पहिलोपटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

क्यानडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समुह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्