जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश: कुरासाओलाई हराएको आइभरी कोस्ट पनि अन्तिम ३२ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८३, शुक्रबार
2 Min Read
Aa
Ecuador's Gonzalo Plata (19) scores a go-ahead goal on Germany goalkeeper Manuel Neuer during the World Cup Group E soccer match in East Rutherford, N.J., near New York, Thursday, June 25, 2026. (AP Photo/Seth Wenig)

काठमाडौं – जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा जर्मनी पराजित हुन पुग्याे । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काए । खेलको ७७औं मिनेटमा इक्वेडरले गोल गर्दै अग्रता लियो ।

- Advertisement -
Ad image

गोन्जालो प्लाटाले इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि गाेल नहुँदा इक्वेडरले शानदार जित निकाल्याे ।

यही समूहको अर्को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो ।

खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो समूहमा जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी विजेता र आइभोरी कोस्ट उपविजेता बन्दै नकआउटमा प्रवेश गर्दा इक्वेडर तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको हो । जर्मनी र आइभोरी कोस्टले समान ६ अंक जोड्दा इक्वेडरले ४ अंक बनायो । एक अंक जोडेको कुरासाओ प्रतियोगिताबाट बाहिरियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्