फ्रान्स–इराकबीचको खेल वर्षाका कारण अनिश्चितकालका लागि स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ असार २०८३, मंगलवार
1 Min Read
Aa
Iraq's Hussein Ali, bottom, challenges France's Kylian Mbappe during the World Cup Group I soccer match between France and Iraq in Philadelphia, Monday, June 22, 2026. (AP Photo/Matt Slocum)

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को फ्रान्स र इराकबीचको खेल वर्षाले स्थगित भएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा भइरहेको खेलको खेलको पहिलो हाफअघि फ्रान्सले १ गोलको अग्रता बनाएको थियो।

पहिलो हाफपछि सुरु भएको वर्षा र सम्भावित आँधीको कारण खेल स्थगित भएको हो। रोकिएको खेल कहिलेदेखि सुरु हुन्छ फिफाले जानकारी गराएको छैन। अहिले पनि पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया स्टेडियममा वर्षा भइरहेको छ।

- Advertisement -
Ad image

मौसम पूर्वानुमान महाशाखाले पनि खेल सुरु हुनुअघि सम्भावित वर्षाबारे जानकारी गराएको थियो। समूह ‘आई’ अन्तर्गत फ्रान्स र इराकबिच खेल भइरहँदा वर्षा सुरु भएपछि धेरै दर्शकले रंगशाला छाडेका छन्।

खेलको १४ औँ मिनेटमा फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो।

फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्