स्पेनले गोलको खडेरी तोड्दा साउदी अरब विरुद्व गोल वर्षा: इरानसँग बेल्जियमको निराशाजनक बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप-२०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा केपभर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले साउदी अरबको पोस्टमा गोल वर्षा गरेको छ ।

स्पेन सुरूदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । १० औँ मिनेटमा लेमिन यामलले पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको २१ औँ र २३ औँ मिनेटमा मिकाइल ओर्याजबलले गोल गर्दै ३-० को अग्रता दिलाए ।

- Advertisement -
Ad image

दोस्रो हाफको ४८ औँ मिनेटम स्पेनबाट भएको प्रहारलाई साउदीका गोलकिपर मोहम्मल एलोयिसले जोगाएका थिए । उनले हातले ठेलेको बललाई पोस्ट नजिकबाट क्लियर गर्न खोज्दा साउदीका हसन अल तम्कदीको खुट्टा ठोक्किएर आत्मघाति गोल हुन पुग्यो । ९० औँ मिनेटम स्पेनका फरान टोरेसले बललाई जाली चुमाए पनि भीआएर चेकबाट अफसाइड ठहर हुँदा गोलको मान्यता प्राप्त भएन ।

समूह चरणको पहिलो खेलमा केभर्डेविरुद्ध बराबरीमा रोकिँदै एक अंक जोडेको स्पेनले साउदी अरबसँगको जितपछि तालिकामा तीन अंक जोड्दै शीर्षस्थानमा रहेको छ । यसअघि उरुग्वेसँग साउदी अरब १-१ को बराबरीमा रोकिएको थियो ।

यस्तै फिफा विश्वकप-२०२६ अन्तर्गत बेल्जियम र इरानबिच गएराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ । अघिल्लो खेलमा पनि बराबरी खेलेका यी दुवै टोलीले समूह जीको दोस्रो खेलमा पनि गोलरहित बराबरी खेलेका हुन् ।

खेलको २७ औँ मिनेटमा इरानले गरेको गोललाई रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन् । दोस्रो हाफको ६७ औँ मिनेटमा बेल्जियमका डिफन्डर नाथक एनगोय रातो कार्ड पाएर बाहिरिए । १० खेलाडीमा सिमित भएपछि बेल्जियम झन् दबाबमा परेको थियो । तर, उसले रक्षात्मक खेल्दै इरानबाट हुनसक्ने गोललाई राक्यो ।

अघिल्लो खेलमा पनि बराबरी खेलेर १-१ अंक जोडेका दुवै टोलीले यो खेलबाट पनि १-१ अंक थप गरेका छन् । यसअघिको खेलमा पनि बेल्जियमले इजिप्टसँग १-१ गोलको बराबरी खेलेको थियो भने इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेलेको थियो । विश्व फुटबल वरीयतामा बेल्जियम ९ औँ र इरान २१ औँ स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्