सुकुमवासी र सहकारी समस्या यहि कार्यकालमा समाधान गर्ने प्रधानमन्त्री बालेनको प्रतिबद्वता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ असार २०८३, आईतवार
2 Min Read
Aa
चितवन, ७ असारः वरिष्ठ नेता शाह-सम्बोधन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू नेतृत्वको सरकारको यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहले उद्देश्य र गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने बताएका हुन् ।

उनले भने ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो। गाडी सिधा गइराख्दा लेफ्टबाट गाँडी आउँछ, राइटबाट मान्छे आउँछ, ‘हाम्रो गाडी एक्सप्रेस वे हिँडे्को गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी हुँदैन र हाम्रो गाडी अनिन्त्रित पनि छैन।’

- Advertisement -
Ad imageAd image

शाहले नयाँ पुस्तामा रहेको देश परिवर्तनको हुटहुटीलाई कसैले रोक्न नसक्ने सङ्केत गर्दै आफ्नो कार्यशैली गन्तव्यमुखी रहेको दाबी गरे।

उनले अख्तियारलाई ५ घण्टा कार्यालयमा थुनेको विषयमा पनि स्पष्टीकरण दिए । उनले भने ‘अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ । हामी नियमभन्दा बाहिर जाँदैनौँ । नियम–कानून मिच्दैनौँ । हाउभाउ हेर्दा अनियन्त्रित देखिनसक्छ । तर सबै कुरा निन्त्रयणमा छ ।’

यस्तै उनले वर्तमान सरकारले विगतमा फट्याइँ र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । सरकारी रकमको दोहन गरिएको भए उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताए । ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’

उनले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । ‘राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ’, उनले भने ।

अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्