राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो मच्छेन्द्रनाथको भोटो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ असार २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाहसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । रातो मच्छिन्द्रनाथको रथअगाडि परम्पराअनुसार भोटो प्रदर्शन गरिएसँगै यस वर्षको जात्राले औपचारिक रूपमा पूर्णता पाएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्