बोस्निया विरुद्व सानदार जित दर्ता गराउँदै समूह ‘बी’ को शीर्षस्थानमा उक्लियो स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका र चेकियाको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ असार २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – स्विट्जरल्याण्डले विश्वकपको दोस्रो खेलमा सानदार जित दर्ता गरेको छ । समूह बी अन्तर्गतको दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई ४-१ ले पराजित गरेको हो । विश्वकपको पहिलो खेलमा कतारविरुद्ध स्विट्जरल्याण्डले १-१ को नतिजामा खेल टुंगाएको थियो । स्विट्जरल्याण्डले १९९४ पछि विश्वकपमा चार गोल गरेको हो।

स्विट्जरल्याण्डको जितमा जोआन मनजाम्बीले २ र रुबेन भर्गासले १ गोल गरे । खेलको ७४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका मनजाम्बीले ८९ औँ मिनेटमा अर्को गोल थपेका थिए । भर्गासले भने ८४ औँ मिनेटमा गोल गरेका थिए । बोस्नियाहर्जगोभिनाका लागि इर्मान मेमिचले अन्तिम समयमा एक गोल गरेका थिए । ९० मिनेटमा ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डको स्कोर ४-२ बनाए ।

- Advertisement -
Ad image

यो जितसँगै स्विट्जरल्याण्डले तालिकामा चार अंक जोडेको छ । यस समूहमा स्विट्जरल्याण्ड, कतार, क्यानडा र बोस्नियाहर्जगोभिना छन् । कतार र क्यानडाबीच खेल जारी छ ।

यसैगरी विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

एडम होल्जेकले दायाँ भागबाट बललाई पछाडि तानेर अलेक्सजेन्डर सोज्कालाई दिएका थिए । उनको फर्वार्ड टचले मिखाइल सेड्लिकलाई प्रहारको मौका सिर्जना गरेको थियो । उनले दक्षिण अफ्रिकाका मिडफिल्डर रोनवेन विलियम्सलाई छक्याउँदै चलाखीपूर्ण ढंगले बललाई जाली चुमाए । यो चेकियाका लागि मिखाइल सेड्लिकको दोस्रो गोल हो ।

दोस्रो हाफमा दक्षिण अफ्रिकाले गोल फर्कायो । ८१ औँ मिनेटमा थियबो मोकानाले प्रहार गरेको बल प्याबेल सुलकबाट ह्यान्ड हुन पुगेको थियो । त्यसपछि रेफ्रीले पेनाल्टीको मौका दक्षिण अफ्रिकालाई दिए । उक्त अवसरको सदुपयोग गर्दै थिएबो मोनेकाले सुन्दर गोल गरे ।त्यसअघि खेलमा उनले पटक-पटक गोलको प्रयास गरे पनि सफल हुन सकिरहेका थिएनन्।

खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन्। यसअघि दक्षिण कोरियासँग भएको पहिलो खेलमा चेकिया २-१ ले पराजित भएको थियो भने दक्षिण अफ्रिका मेक्सिकोसँग २-० ले स्तब्ध बनेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्