तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८३, बिहीबार
0 Min Read
Aa

नारायणगढ – मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले बुधबार साँझ पहिरो खसिरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।

कार्यालयले पहिरो झर्ने क्रम जारी नै रहेको जनाउँदै पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भैसकेको जनाएको छ।

- Advertisement -
Ad imageAd image

साथै, यात्रुहरूलाई नेपाल प्रहरीको निर्देशनमा बाटोको अवस्था बुझेर मात्रै  सुरक्षित यात्रा गर्न पनि सडक कार्यालयले आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्