डीआर कंगोसँग बराबरीमा रोकियो पोर्चुगल: क्रोएसियाविरुद्ध इंग्ल्याण्डको रवाफ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ असार २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको पहिलो खेलमा पोर्चुगल र डीआर कंगो बिचको खेल बराबरीमा सकिएको छ । अमेरिकामा भएको खेल १-१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत उत्कृष्ट गोल गर्दै ५२ वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनाए ।

- Advertisement -
Ad image

खेलको ५५ औँ मिनेटमा पोर्चुगलका जुआओ क्यान्सेलेको सुन्दर एक्रोब्याटिक सटले जाली चुमेको थियो । रेफ्रीले अफसाइड संकेत गरेपछि त्यो गोलमा परिणत भएन । विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेनन् । खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक साझा गरेका छन् ।

फिफा विश्वकप २०२६ अन्तर्गत कै अर्को खेलमा क्रोएसियाविरुद्धको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको छ । इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाएका थिए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन्। केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् । दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्‍याएका छन् भने इंग्ल्याण्डका लागि ८१ गोल जोडेका छन् ।

यता, क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । लगत्तै केनले गोल गरेपछि इंग्ल्याण्डको अग्रता कायम भएको थियो ।

पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए । दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्