सेनेगलविरुद्ध फ्रान्सको सहज जित: एम्बाप्पेको कीर्तिमानी गोल, हाल्याण्डको दुई गोलमा नर्वेलाई अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ असार २०८३, बुधबार
2 Min Read
Aa
France's Kylian Mbappe celebrates after scoring the opening goal of his team during the World Cup Group I soccer match between France and Senegal in East Rutherford, N.J., near New York, Tuesday, June 16, 2026. (AP Photo/Frank Franklin II)

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले विजयी सुरुआत गरेको छ। आज राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै गोल दोस्रो हाफमा भयो। खेलको ६६ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए। योसँगै उनले फ्रान्सका लागि सर्वाधिक गोलको कीर्तिमानी तोडे ।

उनले ओलिभर जिरुडको ५७ गोलको कीर्तिमानी तोडेका हुन्। एम्बाप्पेले गोल संख्या ५८ पुर्याए। यस्तै, विश्वकपमा एम्बाप्पेले गोल संख्या १४ पुर्याएका छन्। उनी सर्वाधिक गोलबाट तीन गोलमात्रै टाढा छन्। यसक्रममा एम्बाप्पेले अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका दिग्गज पेलेलाई समेत पछि पारे। मेसीले १३ तथा पेलेले १२ गोल गरेका छन्।

- Advertisement -
Ad imageAd image

यस्तै, दोस्रो गोल ८२ औं मिनेटमा ब्राड्ली बार्कोलाले गरे। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने बित्तिकै उनले गोल गरेका हुन्। यता खेल सकिनै लाग्दा इन्जुरी समयमा इब्राहिम एम्बाएले गोल गर्दै सेनेगललाई १–२ को स्थितीमा ल्याए।

त्यसलगत्तै एम्बाप्पेले शानदार गोल गर्दै फ्रान्सलाई ३–१ को जित दिलाए। जितसँगै समूह आई मा रहेको फ्रान्सले तीन अंक जोडेको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा इराकविरुद्ध नर्वेले दोस्रोपटक अग्रता लिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा एर्लिङ हाल्याण्डले २ गोल गर्दा नर्वेले इराकविरुद्ध पहिलो हाफमा २–१ को अग्रता लिएको हो ।

हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका आयमन हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ४३ औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्‍याएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्