नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो विश्व च्याम्पियन स्पेन: बेल्जियम र इजिप्टको पनि बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ असार २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो ।

- Advertisement -
Ad imageAd image

तर केप भर्डेका गोलकिपर भोजिन्हा खेलका सबैभन्दा ठूलो नायक बने । उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित दर्जनौँ खतरनाक प्रहारहरू उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए ।

सन् २०१० को विश्वच्याम्पियन स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि जित निकाल्ने अपेक्षा गरिए पनि निर्णायक गोल गर्न सकेन । खेलमा स्पेनले आफ्नो स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई समेत मैदानमा उतारे पनि नतिजा बदल्न सकेन । फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग अंक बाँड्न बाध्य भयो ।

यसैगरी आजै भएको दोस्रो खेलमा बेल्जियम र इजिप्टबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो । इजिप्टका लागि इमाम असुरलले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल खेल १-१ को स्थितिमा आएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्