हर्क, कुलमान र बाबुरामसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – जनमत पार्टीले राजनीतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने विभिन्न राजनीतिक दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

सोमबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रम संस्कृति, उज्यालो नेपाल, र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग वैकल्पिक मोर्चासँगै एकीकरण नै गर्ने निर्णय गरेको हो।

- Advertisement -
Ad image

केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलका अनुसार वार्ताका लागि संयोजक नरेन्द्रप्रसाद चौधरी र सदस्यहरु डा. जयकान्त राउत, प्रमोदप्रसाद गुप्ता रहेको वार्ता समिति गठन गरेको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्