विश्वकपमा जर्मनीले शानदार सुरुवात गर्दा कुराकाओ ७–१ ले पराजित: जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ असार २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – फिफा विश्वकप २०२६ मा चारपटकको च्याम्पियन जर्मनीले शानदार सुरुवात गरेको छ । ग्रुप ‘ई’को पहिलो खेलमा जर्मनीले पहिलोपटक विश्वकपमा सहभागी कुराकाओलाई ७–१ गोल अन्तरले पराजित गरेको हो ।

योसँगै जर्मनीले फराकिलो गोल अन्तरसहित ३ अंक जोडेको छ । जर्मनीका लागि छैठौँ मिनेटमै फेलिक्स मेचाले गोल गरेका थिए । तर २१औँ मिनेटमा कुराकाओका लिवाो कमेनेन्सियाले गोल फर्काउँदै बराबरीमा ल्याए पनि त्यसपछि कुराकाओ खेलमा फर्किनै सकेन ।

- Advertisement -
Ad image

३८औँ मिनेटमा निको स्कलट्टरबेकले २–१ को अग्रता बनाए । पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई काई हावर्ट्जले गोलमा परिणत गरे । पहिलो हाफमै ३–१ को अग्रता लिएको जर्मनी त्यसपछि खेलमा हावी भयो ।

जमल मुसियलाले ४७औँ मिनेटमा गोल थप्दा नाथानियल ब्राउनले ६८ र डेनिज अनडले ७८औँ मिनेटमा गोल गरे । काई हावर्ट्जले ८८औँ मिनेटमा दोस्रो गोल गर्दा जर्मनी ७–१ ले विजयी भयो ।

यो खेलमा जर्मनीले २६ शट्स हान्दा ११ वटा निशानामा प्रहार ग¥यो । ६५ प्रतिशत पोसेसन लिएको जर्मनीले ५९९ पास खेलेको थियो । जसमध्ये ८९ प्रतिशत पास सफल थियो । यता कुराकाओले ६ शट्स हान्दा दुईवटा निशानामा परेको थियो । जसमा १ गोल गर्न सफल भयो । ३५ प्रतिशत मात्र पोसेसन लिएको उसले २८९ पास खेलेको थियो । जसमा ८४ प्रतिशत सफल रह्यो।

जर्मनीले १६ र कुराकाओले १० वटा फल खेलेका थिए । कुनै पनि कार्ड प्रयोग नभएको खेलमा जर्मनीले ८ वटा र कुराकाओले एउटा कर्नर पाए । खेलमा एउटा मात्र अफसाइड भएको थियो ।

यता आजै भएको दोस्रो खेलमा जापानले बराबरी खेलेको छ । भर्खरै सम्पन्न खेलमा जापानले नेद्ल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । चारै गोल दोस्रो हाफमा सम्भव भयो । ५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए ।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा ८९ औं मिनेटमा दइची कमाडाले गोल गर्दै जापानको हार टारे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्