हङकङलाई हराउँदै नेपालले जित्यो नेपालले एशियन गेम्स छनौटको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले हात पारेको छ। सोमबार सिंगापुरस्थित सिंगा ओभल मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो।

१८९ रनको लक्ष्य पाएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन जोडेपछि पानी परेको थियो । त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो। नेपालका लागि कुशल भुर्तेलले ६५ , रोहित पौडेल ३५ रन, दिपेन्द्र ऐरीले ४ रन जोडे । यस्तै हङकङका लागि आयुस शुक्ला र इसान खानले एक एक विकेट लिए ।

- Advertisement -
Ad imageAd image

यसअघि टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रन, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले एक विकेट लिए। एसियाली खेलकुद छनोटबाट नेपालसँगै हङकङ, मलेसिया र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद २०२६ मा स्थान पक्का गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्