सभामुख अर्यालले बोलाए प्रमुख सचेतकहरूको बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa
?????? ?????? ????????, ?? ????? : ?????? ????? ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ??????? ?????/????

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेगरि बैठक बोलाइएको हो । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ ।

- Advertisement -
Ad imageAd image

नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् । विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन ।

प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्दै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्