एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दैछ। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

- Advertisement -
Ad imageAd image

पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालका लागि यो खेल छनोटको उपाधि चुम्ने कडीका रूपमा रहेको छ।प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट काटेका हुन्।

आजै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो १२:१५ बजे सुरु हुने कार्यतालिका छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्