वीरगन्जका मेयर राजेशमान सिंह धरौटीमा रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८३, मंगलवार
1 Min Read
Aa

वीरगन्ज – झुठो विवरण पेश गरी नागरिकता बनाएको र लिखतसम्बन्धी (किर्ते) कसूर मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेश बमोजिम आवश्यक धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्।

अदालतले सिंहसँग दुई छुट्टाछुट्टै कसूरमा जम्मा ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। जसअन्तर्गत झुठो विवरण पेश गरी नागरिकता सम्बन्धी कसूरमा १५ हजार रुपैयाँ र लिखत सम्बन्धी (किर्ते) कसूरमा ४ लाख रुपैयाँ धरौटी तोकिएको थियो। अदालतले मागे बमोजिमको उक्त रकम बुझाएपछि उनी थुनामुक्त भएका हुन्।

- Advertisement -
Ad imageAd image

नक्कली कागजातका आधारमा अर्कैकी छोरीलाई आफ्नै छोरी दाबी गरी नागरिकता र अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोपमा सिंहमाथि अनुसन्धान चलिरहेको छ। यसअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अदालतमा हाजिर गराएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्