आजको मौसम: वर्षा थामिएसँगै फेरि गर्मी बढ्यो, तराईका भू-भागमा ‘तातो लहर’ चल्ने चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ जेष्ठ २०८३, मंगलवार
2 Min Read
Aa
e/tk'/,@* h]7M udL{sf sf/0f hghLjg k|efljt lrtjgsf] e/tk'/df 5ftf cf]8]/ ;8sdf lxFl8/x

काठमाडौं – विभिन्न मौसमी प्रणालीका कारण विगत तीन दिनदेखि देशका विभिन्न स्थानमा भएको वर्षा रोकिएसँगै अब फेरि देशभर तापक्रम बढ्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन दिनको अभिलेखमा नेपालको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नचढेको भए पनि अब त्यो क्रम तोडिएर तापक्रम बिस्तारै उकालो लाग्ने भएको छ।

- Advertisement -
Ad imageAd image

सोमबारबाटै वर्षा कम हुन थालेकाले तराईका केही क्षेत्रमा फेरि तातो लहर बढ्ने संकेत देखिएको छ। यसैक्रममा सोमबार भैरहवाको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस पुगिसकेको छ।

पछिल्लो २४ घण्टामा दैलेख लगायतका केही जिल्लामा हल्का वर्षा भए पनि अन्य क्षेत्रमा खासै वर्षा भएको छैन भने रात्रिकालीन समयमा देशको कुनै पनि स्थानमा वर्षा मापन गरिएको छैन।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा अत्यधिक गर्मी भई ‘तातो दिन’ हुने सम्भावना रहेको छ। हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा यो परिवर्तन देखिएको हो।

यसैबीच आगामी बुधबारसम्म देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

यद्यपि मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा भने तातो दिन हुने सम्भावना रहेकाले विभागले साँझ बुलेटिन जारी गर्दै गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्