लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन सदस्य श्रीलंकाको प्रतिष्ठित लंका प्रमियर लिग खेल्नका लागि अनुबन्धित भएका छन्।

लंका प्रिमियर लिगको ड्राफ्टमार्फत दुई फरक टोलीमा तीन क्रिकेटर अनुबन्धित भएका छन्। जसमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा सामेल गरेको छ।

- Advertisement -
Ad image

सन्दीपले २० हजार अमेरिकी डलर (नेपाली ३० लाख बराबर) तथा दीपेन्द्र र कुशलले १५ हजार अमेरिकी डलर (नेपाली २२ लाख ५० हजार बराबर) रकममा अनुबन्धित भएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्