आईपीएलको फाइनलमा आज आरसिबी र गुजरातको भिडन्त, कसले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७:४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो । आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो ।

- Advertisement -
Ad image

आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ भने जिटी पहिलो क्वाफिायरका बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्