गुजरातलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर मा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसिबी फाइल पुगेको हो । अघिल्लो सिजनको विजेता आरसिबी लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो ।

गत वर्ष पहिलो पटक च्याम्पियन भएको बैंगलुरुसामु उपाधि रक्षा गर्ने अवसर हुनेछ । अब बुधबार हुने एलिमिनेटरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन् । त्यसमा विजयी हुने टिमले क्वालिफायर–२ मा गुजरातको सामना गर्नेछ । त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ ।

- Advertisement -
Ad image

धर्मशालामा भएको खेलमा जितका लागि २५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट हुँदा आरसिबीले ९२ रनको शानदार जित निकालेको हो ।

ब्याटिङमा निकै कमजोर प्रदर्शन गरेको गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । बैंगलुरुका बलर ज्याकोब डफीले ३ विकेट हात पारे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्