यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्नेसहितका चार निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

बैठकले अर्थसहित विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको पोखरेलले बताए ।

यस्ता छन् निर्णय

१. नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने।

२. आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्ने, जस अन्तर्गत मोटा धानको प्रतिक्वीन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३,८६० रुपैयाँ तोकिएको छ।

३. सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।

४. नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्