प्रधानमन्त्री बालेनले भोलि ईयूआबद्ध देशका गैरआवासीय राजदूतलाई संयुक्त भेट्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले भोलि युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले बिहान ११ः ३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्