काठमाडौँ – भारतमा सुरु भएको साफ महिला च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ। जवाहरलाल नेहरु स्टेडियममा सोमबार सम्पन्न खेलमा भुटानलाई १-० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो।
समूह ‘ए’ मा रहेको नेपालले जितसँगै ३ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्ने छ। नेपालले दुवै खेल जितेमा समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने छ।
नेपालले भुटानविरुद्ध खेलको २३औँ मिनेटमा अग्रता लिएको थियो। डिफेन्डर गीता रानाको प्रहार विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि खेलमा कुनै गोल हुन सकेन। नेपालले तुलनात्मक रुपमा दबाब बनाए पनि भुटानले नेपालको दबाबलाई सफल हुन दिएन।


प्रतिक्रिया दिनुहोस्