काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० जेष्ठ २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को अन्तिम खेल खेलेको नेपालले आईतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा माल्दिभ्सविरुद्ध नेपाल २५–१२, २५–९, र २५–२० ले विजयी बन्यो।

- Advertisement -
Ad imageAd image

लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । भारत २ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा रहँदा किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।

भोलि (सोमबार) हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाईनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । यस्तै समूह ‘बी’बाट कजाखस्तान र इरानले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्