मुम्बईलाई पराजित गरेसँगै कोलकोताको प्लेअफको आशा जिवितै, आईपीएलमा आज गुजराज र चेन्नई भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – कोलकोता नाइट राइडर्सले जारी आईपीएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १४८ रनको लक्ष्य पछाएको कोलकोताले १८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा मनिष पाण्डेले सर्बाधिक ४५ र रोभमन पावेलले ४० रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कोर्बिन बोचले ३ विकेट लिएका थिए ।

- Advertisement -
Ad imageAd image

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । मुम्बईका लागि कोर्बिन बोचले सर्बाधिक ३२ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले २६ र तिलक बर्माले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर सौरभ दुवे, क्यामरुन ग्रीन र कार्तिक त्यागीले २-२ विकेट लिएका थिए ।

कोलकोताको यो जितपछि प्लेअफको आशा जीवित राखेको छ । कोलकोताको १३ खेलमा १३ अंक भएको छ र हाल छैठौं स्थानमा रहेको छ । अब आफ्नो अन्तिम खेलमा कोलकोताले सँग खेल्ने छ । त्यस्तै प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको मुम्बईको यो यस सिजनमा नवौं हार हो । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र नवौं स्थानमा रहेको छ । आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स आमने सामने हुँदै छन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्