काठमाडौँ – सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ ।
छलफलमा सोमबार ४० र मंगलबार ३१ जना सांसदले आ–आफ्ना धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए ।
अर्थमन्त्रीको जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्