धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा को बन्लान् नँया अध्यक्ष ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ जेष्ठ २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा छनौट भएका छन् । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले ४७ जना आवेदकमध्ये ४ जनाको नाम सर्टलिस्टमा प्रकाशन गरेको हो ।

समितिले नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपलप्रसाद भट्टको नाम सर्टलिस्टमा प्रकाशन गरेको छ । समितिले सर्टलिस्टमा छनौट भएका व्यक्तिलाई आगामी शुक्रबार छलफलका लागि बोलाएको छ ।

- Advertisement -
Ad image

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि गठन भएको समितिले बैशाख १५ गते धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन माग गरेको थियो । शुक्रबारको छलफलपछि समितिले एकजनालाई अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्