सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाइएको अर्थमन्त्री वाग्लेको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा चिन्तन र महत्त्वपूर्ण कुराहरू समेटेर नीति तथा कार्यक्रम बनाएको दाबी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा निति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सबै दलहरूको रचनात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताएका हुन् ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘प्राप्त सुझाव, महत्त्वपूर्ण धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। सबै दलको राष्ट्रिय हितका साझा र महत्त्वपूर्ण कार्यक्रम समेटेर हामीले साझा नीति तथा कार्यक्रम बनाएका छौं । माननीय सांसदबाट प्राप्त रचनात्मक सुधार आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्क र सुदृढ बनाउनेछौं।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्