विपक्षी तीन दलले गरे संसद् बैठक बहिष्कार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८३, बिहीबार
0 Min Read
Aa

काठमाडौं – विरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि केही विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक हल छोडेर हिँडेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले भने उभिएर विरोध जनाइरहेका छन् । तर अर्थमन्त्री वाग्लेले जवाफ दिइरहेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्