एल क्लासिकोमा रियललाई पराजित गर्दै बार्सिलोनाले २९ औं पटक जित्यो लालिगाको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ बैशाख २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – स्पेनिस लालिगाको उपाधि बार्सिलोनाले जितेको छ। चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई घरेलु मैदानमा हराउँदै बार्सिलोनाले सिजनमा तीन खेल बाँकी रहँदै आफ्नो २९औँ उपाधि कब्जा गरेको हो।

इंग्ल्यान्डका फरवार्ड मार्कुस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाउने क्रममा ९ औं मिनेटमा शानदार फ्रिकीक गोल गरेका थिए। रियललाई २-० ले हराउने क्रममा फेरान टोरेसले उत्कृष्ट फिनिसमार्फत १८ औं मिनेटमा दोस्रो गोल थपे। त्यसपछि पहिलो तथा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन्। जितसागै हान्सी फ्लिकको टोलीले नोउ क्याम्पमा भएको एल क्लासिकोमा सहज जित सहित उपाधि जित्न सफल भयो।

- Advertisement -
Ad image

फ्लिकका बुबाको सप्ताहन्तमा निधन भएको थियो। जसका कारण खेलाडीहरुले गोलपछिको खुसी सान्तवनाका रुपमा बाँड्न फ्लिक सामु पुगेका थिए। लगातार दुई सिजन ला लिगा जितेको बार्सिलोना अब सर्वाधिक उपाधि जित्ने रियल म्याड्रिडभन्दा सात उपाधिले मात्र पछाडि रहेको छ।

बार्सिलोनाले ला लिगामा लगातार ११ खेल जित्दै सहज रूपमा उपाधि कब्जा गर्योे र उसले प्रतिद्वन्द्वी रियलमाथि १४ अंकको फराकिलो अग्रता बनायो। घरेलु मैदानमा बार्सिलोनाको उत्कृष्ट प्रदर्शनले उपाधि यात्रामा ठूलो भूमिका खेल्यो। आफ्ना समर्थकमाझ खेलेका १८ मध्ये सबै १८ खेल जित्दै टोलीले प्रभावशाली कीर्तिमान बनायो।

खेलमा रियलका औरेलीयन चुवामेनी टोलीका लागि मैदान उत्रिएका थिए, जबकि केही दिनअघि उनी सहकर्मी फेडेरिसको भाल्भर्डे सँग विवादमा परेका थिए। उक्त घटनामा भाल्भेर्डे घाइते भएपछि यो खेल गुमाउन पुगे।

खेल अन्त्यतिर ‘च्याम्पियोनेस, च्याम्पियोनेस’ भन्ने दर्शकको हुटिङले नउ क्याम्प गुञ्जायमान बनेको थियो। यससँगै घरेलु टोलीले लगातार दोस्रो पटक ला लिगा उपाधि जोगाउन सफल भयो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्