तामिलनाडुमा विजय थलापति क्याविनेटमा बने ९ मन्त्री, गरे ३ निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ बैशाख २०८३, आईतवार
3 Min Read
Aa

एजेन्सी – तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

यससँगै राज्यमा करिब छ दशकदेखि जारी दुई प्रमुख द्रविड दल द्रबिड मुन्द्रि कझगम (डीएमके) र अल इण्डिया द्रबिड मुन्द्रि कझगम (एआइएडीएमके) बीच पालैपालो सत्ता सञ्चालन हुने परम्पराको अन्त्य भएको छ ।

- Advertisement -
Ad imageAd image

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार २३४ सदस्यीय विधानसभामध्ये १२० निर्वाचित विधायकहरूको समर्थन पाएपछि विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो । विजयले बिहान १० बजेपछि चेन्नईको नेहरु स्टेडियममा शपथ लिएका थिए ।

उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् । विजयले इण्डियन नेशनल कंग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले उनलाई १३ मेभित्र वा त्यसअघि विधानसभामा विश्वासको मत प्राप्त गर्न निर्देशन दिएका छन् ।

मन्त्री पदको शपथ लिने नौ जनामा ‘बुसी’ एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेन्गोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी.के. प्रभु र एस कीर्तना रहेका छन् । मन्त्रिपरिषद्मा एक महिला तथा अनुसूचित जाति (एससी) समुदायबाट एक प्रतिनिधि समावेश छन् ।

विजय पेरम्बूर र तिरुची ईस्ट दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । विजयसहित चेन्नईबाट कुल पाँच मन्त्री रहने छन् । पश्चिमी क्षेत्रबाट दुई मन्त्री तथा दक्षिणी क्षेत्रबाट तीन मन्त्रीलाई प्रतिनिधित्व दिइएको छ । थलापति विजयले तीन निर्णय गरेका छन् । शपथपछि उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।

उनले प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क, लागुऔषध दुर्व्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल बनाउने र महिलाहरूको सुरक्षाका लागि एउटा स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय गरेका छन्।

पछिल्ला केही दिनदेखि जारी राजनीतिक अनिश्चितता शनिबार साँझ अन्त्य भएको थियो, जब विदुथलाई चिरुथाइगल काची र इण्डियन युनियन मुस्लिम लिगले पनि समर्थन दिएका थिए । यससँगै टीभीकेको समर्थन संख्या १२० पुगेको थियो ।

त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपालसँग भेट गरी इण्डियन नेशनल कंग्रेस, कम्युनिष्ट पार्टी अफ इण्डिय, कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्क्सवादी), विदुथलाई चिरुथाइगल काची र इण्डियन युनियन मुस्लिम लिगले समर्थन पत्र बुझाएका थिए । हालै सम्पन्न विधानसभा चुनावमा भीभीकेले १०८ सिट जितेको थियो । तर वास्तविक रूपमा यो संख्या १०७ हो, किनकी पार्टी अध्यक्ष विजय दुई स्थानबाट निर्वाचित भएका कारण उनले एउटा सिट त्याग्नु पर्नेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्